ट्रेण्डिङ

होमपेज / समाज

भारतमा भएको गाडी दुर्घटनामा सल्यानका चारजनाको मृत्यु

तीन जना एकै परिवारका

  सल्यान खबर डेस्क २०८२ भाद्र ३१ गते मंगलबार १४:३९:१७ मा प्रकाशित

रोजगारीका सिलसिलामा भारत गएका सल्यानका चारजनाको गाडी दुर्घटमा परी मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका– ४ बस्ने जिउलाका एकै घरका तीनसहित चारजनाको मृत्यु भएको हो।

कुमाख गाउँपालिका– ४ का वडाध्यक्ष शोभिलाल बस्नेतका अनुसार भारतको हिमाचल प्रदेशको सिम्ला जिल्लाको कोटखाईमा गाडी दुर्घटना भई  मृत्यु हुनेमा अन्दाजी ३६ वर्षीय राजेश विष्ट, ४८ वर्षीय डिल्ली शाही, ३७ वर्षीय एकेन्द्र शाही र २६ वर्षीया लक्ष्मी शाही हुन् । उनका अनुसार घाइते हुनेमा सोही ठाउँका  २६ वर्षीय हिमबहादुर शाही, ३६ वर्षीय नेवबहादुर शाही र २२ वर्षका हेमन्त शाही रहेका छन्।

उनका अनुसार मृतक र घाइते एकै गाउँका हुन् । आइतबार बिहान ९ बजे डेराबाट एक घण्टाको दूरीमा काम गर्न जाने क्रममा एचपी ६३७८९७ नम्बरको पिकप गाडी दुर्घटनामा परेको थियो।  गत साउन महिनामा रोजगारीको सिलसिलामा भारत पुगेका उनीहरू दुर्घटनामा परी ज्यान गुमाएपछि गाउँ शोकमा डुबेको छ। मृतकको शव पोस्टमार्टमपछि नेपाल ल्याउने पहल भइरहेको छ भने घाइतेहरूको उपचार सिम्लामै भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top