ट्रेण्डिङ

होमपेज / समाज

सल्यान गाडी दुर्घटना अपडेटः एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०८२ श्रावण ८ गते बिहीबार २१:२०:१५ मा प्रकाशित

साउन ८,सल्यान 
सल्यानमा बिहीबार दिउँसो भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुमाख गाउँपालिका ४ का ७३ वर्षीय कालिभान राना रहेका छन् । गम्भीर घाइते रानाको बाँके स्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो । 

 नेपालगञ्जबाट सल्यानको रागेचौर हुँदै रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको भे १ ख ३९९४ नम्बरको एसएमएल (क्ःी०गाडी कुमाख गाउँपालिका २ बराई जिउला मोडमा अनियन्त्रित भई दुर्घटना भएको थियो । 

दुर्घटनमा चालक सहित १५ जना घाइते भएका थिए । घाइते हुनेमा सल्यान कुमाख गाउँपालिका ४ का अन्दाजी २८ वर्षीय चालक पारस आचार्य, ३६ वर्षीय भुपेन्द्र बस्नेत, ३६ वर्षीय टिकाराम आचार्य, सुर्खेत भेरीगंगा नगरपालिका ९ की ३१ वर्षीया तुलसा सुनार, सल्यान कुमाख गाउँपालिका २ की ३२ वर्षीया दिपा बुुढाथोकी, उहाँकी ६ वर्षीया छोरी कोपिला बुढाथोकी रहेका छन् ।  

यस्तै कुमाख गाउँपालिका १ का १६ वर्षीय इन्द्र रावत, कुमाख ४ का ५६ वर्षीय डोले बस्नेत, रुकुम पश्चिम चौरजहारी नगरपालिका १ का ८४ वर्षीया चन्द्री बस्नेत, ३१ वर्षीया कुन्ता विष्ट, सल्यान कुमाख गाउँपालिका ४ का ३५ वर्षीया निर्मला बुढाथोकी, १० वर्षीया जेनिसा राना, ६ वर्षीय महेन्द्र बस्नेत र र २३ वर्षीय भुवन लामिछाने रहेको प्रहरीको भनाई छ । 
घाइते मध्ये १३ जनाको कोहलपुरमा उपचार भइरहेको छ भने एक जनाको चौरजहारी मिसन अस्पताल रुकुम पश्चिममा उपचार भइरहेको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top