ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा विश्व आत्माहत्या रोकथाम दिवस मनाइयो

  सल्यान खबर डेस्क २०८० भाद्र २४ गते आइतबार १७:४६:३५ मा प्रकाशित

भदौ २४,सल्यान 
सल्यानमा ‘आशा जगाऔँ, जीवन बचाऔँ,’ भन्ने नाराका साथ आज विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । सल्यानमा आत्महत्या रोकथाम र नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी दिवस मनाएको हो ।
शारदा नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका लगायतका पालिकामा विभिन्न कार्यक्रम आत्महत्या रोकथाम दिवस मनाइएको छ । सल्यान खलंगामा प्रभात र्‍यालीको आयोजना गरी दिवस मनाइएको छ । 

नेपालमा आत्महत्याका कारणले दैनिक १९र/२० जनाको ज्यान गइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ । नेपालमा आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । त्यसले आत्महत्या रोकथामका लागि थोरै प्रयास गरेको पाइन्छ ।

सरकारको एक्लो प्रयासले मात्र नभई सबैको सहयोगले रोकथाम गर्न सकिने बताइएको छ । सर्वप्रथम आत्महत्या रोकथामका लागि जोखिम वर्गको पहिचान गरी प्रारम्भिक लक्षण पत्ता लगाइ सहयोगका लागि तत्पर हुनुपर्दछ ।

आत्महत्यासम्बन्धी सोच वा विचार भएकाका कुरा र समस्यालाई सुन्ने गर्नुपर्दछ, त्यस्ता व्यक्तिका कुरा सहानुभूति सुनिदिने र आफूले परामर्श गर्ने जस्ता कार्यले आत्महत्या रोकथाममा ठूलो सहयोग पुग्छ । त्यस्ता व्यक्तिलाई भावनात्मक सहयोग गर्ने, परिवारजन र मित्रलाई सम्पर्क गर्ने, यदि धेरै जोखिम छ भने कहिल्यै एक्लो नछोड्ने र मनोचिकित्सक, मनोविद्, परामर्शकर्ता कहाँ पठाउने गर्नुपर्दछ ।

 विश्व स्वास्थ्य सङ्गठनले तय गरेका चार वटा रणनीतिलाई कार्यान्वयन गर्ने हो भने आत्महत्या रोकथाम नियन्त्रण गर्न सकिने भनाइ राख्नुभयो । उहाँका अनुसार पहिलो हुर्कँदै गइरहेका बालबालिकालाई मानसिक स्वास्थ्यमा लचकता, दोस्रो आत्महत्याका लागि उपयुक्त हुने साधनको नियन्त्रण, निगरानी र न्यूनीकरण तेस्रो मानसिक स्वास्थ्य सेवामा सबैको पहुँच र चौथो आम सञ्चारमाध्यमले उत्तरदायी भएर आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण रहेका छन् ।

आत्महत्याको भावना भएकालाई समयमा नै सही परामर्श, सही उपचार सही सामाजिक आड भरोसा दिन सकेका खण्डमा आत्महत्या रोकिने बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत घर्तीको भनाइ छ । ९० प्रतिशत मानसिक समस्याका कारणले आत्महत्या हुने गर्दछन् । उहाँले आत्महत्याको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरुलाई निरन्तर निगरानीमा राख्दै उचित मनोसामाजिक परामर्श सेवा प्रदान गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनु भयो । 

आत्महत्या गर्ने विचार मनमा आउनेहरूसँग कुराकानी गर्ने तरिकाबारे परोपकारी परामर्शदाताहरूले दिने सल्लाह 

- अर्को व्यक्तिले सहज अनुभव गर्न सकिने कुनै शान्त ठाउँ रोज्नुहोस्

- दुवैजनासँग कुराकानीका लागि पर्याप्त समय होस् भन्ने व्यवस्था गर्नुहोस्

- यदि तपाईँको मुखबाट गलत कुरा निस्कियो भने नआत्तिनुहोस्। आफूलाई दोषी मान्न जरुरी छैन।

- अर्को व्यक्तिमाथि ध्यान केन्द्रित गर्नुहोस्, आँखामा आँखा मिलाएर कुरा गर्नुहोस्। फोन अलग्ग राख्‍नुहोस्। आफ्नो सम्पूर्ण ध्यान त्यो व्यक्तिलाई दिनुहोस्।

- शान्त रहनुहोस्। अर्को व्यक्तिले खुलेर मनको कुरा गर्नका लागि उसलाई केही समय लाग्न सक्छ।

- हो र होइन भन्ने जवाफ ‌आउनेभन्दा भिन्न खाले खुला प्रश्नहरू सोध्नुहोस्। र उसले भनेको कुरा आफूले बुझे नबुझेको यकिन गर्नुहोस्।

 - बीचैमा कुरा नकाट्नुहोस् वा समाधानको उपाय नसुझाउनुहोस्। अर्को व्यक्तिले कस्तो अनुभव गरिरहेको होला भनेर आफ्नै सोचाइ प्रस्तुत नगर्नुहोस्।

- ती व्यक्तिलाई ‌यस्तो विषयमा विज्ञहरूको सहायता कसरी लिने भन्ने थाहा छ की छैन सोधेर हेर्नुहोस्।


जोखिममा को छन् ? 
आत्महत्याको घटनाबाट सबै उमेरका मानिसहरू प्रभावित हुन्छन् तर विश्वव्यापी रूपमा हेर्दा पुरुषहरूमा यसको दर उच्च देखिएको छ।

सन् २०१६ मा प्रति एक लाख पुरुषमा आत्महत्या दर १३।५ रहेको थियो भने प्रति एक लाख महिलामा यो दर ७।७ रहेको थियो।

आत्महत्या दरको नक्शा 
तर निश्चित देशहरूभित्र महिलारपुरुषको यस्तो दरमा ठूलो अन्तर र भिन्नता हुन सक्छ।

रुसमा संसारमा सबैभन्दा धेरै पुरुष आत्महत्या दर रहेको छ। सन् २०१६ मा प्रति एकलाखमा यो दर ४८ रहेको थियो जुन महिलाको दाँजोमा छ गुणाले बढी हो।

आत्महत्या र मानसिक स्वास्थ्यमा विचलनकाबीच ९विशेषगरी, डिप्रेसन र मदिराको अम्मल० को सम्बन्ध सामान्यतया स्पष्ट नै रहेको छ।

तर धेरैजसो आत्महत्याको घटना संकटका बेला आवेशमा आएर हुने गर्छन्। त्यस्तो समयमा मानिसहरू जिन्दगीका तनावपूर्ण अवस्थाहरूमा( आर्थिक समस्या, निजी सम्बन्धहरूमा अवरोध अथवा दीर्घ पीडा वा रोगका बेला ( आफूलाई सम्हाल्न सक्दैनन्।


ग्रामीण क्षेत्रका बासिन्दाहरूमा आत्महत्या दर उच्च देखिएको छ र भेदभाव बेहोरेका जोखिमपूर्ण समूहहरू जस्तै शरणार्थीहरू र आप्रवासीहरू, आदीवासी, तेस्रो लिङ्गी, र कैदीबन्दीहरूमा पनि यो उच्च देखिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार द्वन्द्वको मारमा परेका, प्राकृतिक विपद, हिंसा, दुर्व्यवहारका पीडित, आफ्ना गुमाएका र आफुलाई एक्लो ठान्ने मानिसहरू पनि जोखिममा हुन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top