होमपेज / समाज
साउन २७,सल्यान
उसल्यानमा एक दिने परागसेचन व्यवस्थापन सम्बन्धी क्षामता अभिवृद्धि गोष्ठी कार्यक्रम शनिबार सम्पन्न भएको छ । परागसेचनले बाली उत्पादनमा ७५ प्रतिशतसम्म वृद्धि गर्ने भएता पनि त्यसको चेतनाको कमीका कारण परागसेचकको संरक्षण तथा प्रर्वद्धन तर्फ कुनै निकायको खासै ध्यान दिन नसकिएको कार्यक्रममा जनाइएको छ ।
भौगोलिक दृष्टिकोणले नेपालका विभिन्न स्थानहरु विशेषगरी कर्णाली प्रदेश कृषिको सम्भावना बोकेको स्थानका रुपमा रहनुका साथै यहाँका बालीहरु आर्थिक तथा पोषणका हिसाबले परागसेचकमा अधिक निर्भर रहेको लिवर्ड कार्यक्रमका नेपालको कृषि प्रणालीको दिगो परागसेचन व्यवस्थापन परियोजनाका टिम लिडर पदम सुवेदीले जानकारी दिनु भयो । कृषकहरुमा परागसेचकको महत्वका बारेमा ज्ञानको अभाव, जनचेतनाको अभाव, क्षामताको कमीका साथै परागसेचना सेवालाई सहयोग गर्ने नीति तथा कार्ययोजनाको कमी रहेको बताउनु भयो ।
आधुनिक खेती प्रणाली, बसाइसराइँ, विषादीको अनियन्त्रित प्रयोगका कारण जैविक विविधतामा ह्रास आउने क्रम बढ्दो अवस्थामा रहेको सुवेदीको भनाई छ । परियोजनाले परागसेचन सेवा र परागसेचक मैत्री कृषि पर्यावरण सेवाका बारेमा जानकार गराउने, कृषक समुदाय तथा नीति निर्माणकर्ताहरुलाई परागसेचनसम्बन्धी विभिन्न अभिमूखीकरण गर्ने, परागसेचकमा निर्भर विभिन्न बालीका बारेमा सेचतना तथा क्षामता अभिवृछि गराउनुका साथै जलवायु परिवर्तनको असरले निम्त्याउने परागसेचन सेवाको संवेदनशिलतालाई अध्ययन गरी विभिन्न न्यूनिकरणका उपाय अपाउने र कम गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनु भयो ।
यस्तै बुद्ध वि.क ले परागसेचनको आधारभूत अवधारणा, परागसेचन चक्र, परागसेचक किराहरुको महत्व, परागसेचक किराहरुको भूगोल र तिनको जीवनचक्र, परागसेचकका् नाश , परागसेचन सेवाको व्यवस्थापन आदीका बारेमा जानकारी दिनु भएको थियो ।
लि वर्ड परियोजनाको आयोजनामा भएको कार्यक्रममा सल्यान र रुकुम पश्चिमका स्थानीय पालिकामा कार्यरत कृषि कर्मचारीहरुको सहभागिता रहेको थियो ।





.jpg)