ट्रेण्डिङ

होमपेज / समाज

करेन्ट लागेर घाईते भएका वलीलाई उपचारको लागि हेलिकप्टर मार्फत काठमान्डौँ लगियो

  सरिता चलाउने २०७७ चैत्र ८ गते आइतबार २१:०९:४२ मा प्रकाशित

सरिता चलाउने चैत्र ८, सल्यान 
सल्यानमा करेन्ट लागेर घाईते भएका एक जनालाई हेलिकप्टर मार्फत उद्धार गरि काठमान्डौँ लगिएको छ । नेपाल टेलिकम कार्यलय सल्यानमा कार्यरत कर्मचारी शारदा नगरपालिका १ श्रीनगरका लोकमान ओलीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत गरी काठमान्डौँ लगिएको हो । 
आईतवार दिउसो साढे २ बजे जिल्लाको छत्रेश्वरी गाउँपालिकाको भवनको छतबाट टेलिकमको तार जोडने क्रममा वलीलाई बिद्युतको ३३ केभि प्रशारण लाईन बाट करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । गम्भिर घाईते भएका ओलीका जिल्ला अस्पताल सल्याानमा सामान्य उपचार पछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमान्डौँ पठाईएको प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिनु भयो । प्रहरी प्रमुख थापाका अनुसार उहाँको अबस्था गम्भिर भएकाले नेपाली सेनाको हेलिकप्टर मार्फत काठमान्डौँ लगिएको हो । 
जिल्लामा बिद्युतको लाईन अव्यवस्थित हुदाँ बेला बेला यस्ता घटना हुँदै आईरहेका छन । यस आर्थिक बर्षमा मात्र जिल्लामा करेन्ट लागेर ३ जनाले ज्यान गुमाईसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top