होमपेज / समाज
सरिता चलाउने फागुन २६,सल्यान
सल्यानमा शिक्षा र स्वास्थ्य क्षेत्रमा नागरिकहरुको पहुँच क्रमिम रुपमा विस्तार भइरहेको सल्यानमा आयोजितएक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । शिक्षा र स्वास्थ्य क्षेत्र नागरिकको नैसर्गिक अधिकार भित्र पर्ने भएकाले शिक्षा र स्वास्थ्यको पहुँचमा वृद्धि भएको उनीहरुको भनाई छ ।
इन्सेक सल्यानद्धारा बुधवार खलंगामा आयोजित शिक्षा र स्वास्थ्य अधिकारका सवालमा सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिताहरुले गुणस्तरीय शिक्षा र स्वास्थ्य कायम गर्दै सबै नागरिकको पहुँच बृद्धिको काम हुनुपर्ने बताएका छन । सल्यान जिल्ला अस्पताल विकास समिति अध्यक्ष सिपि वलीले पछिल्लो समयमा अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताए । पछिल्लो समय अस्पतालमा केही सुधार आए पनि बजेट अभावका कारण भने जस्तो काम गर्न नसकिएको बताए। अहिले अस्पतालमा दैनिक ५ सयको हाराहारीमा बिरामीहरु उपचारको लागी आउने गरेकाले संरचना निर्माणसँगै सरसफाइका कार्यहरुलाई पनि थप प्रभावकारी ढंगले सञ्चालन गर्ने तयारी भैरहेको बताए।
यस्तै सल्यान जिल्ला अस्पतालका डाक्टर भिमकान्त जैसीले आबश्यक जनशक्तिको अभावमा पनि सेवा प्रवाहमा कुनै कमी नगरेको बताए । शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले नगरका सबै क्षेत्रमा नागरिकहरुलाई शिक्षा र स्वास्थ्यको पहुँचमा ल्याएको दावी गरे । हालै मात्र नगरका दश वटा माध्यमिक विद्यालयमा नर्स कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । यस्तै नगरमा बहुक्षेत्रिय पोषण योजना, पुर्ण खोप सुनिश्चित नगर लगाएका कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए ।
शारदा नगरपालिका शिक्षा शाखाका संगिता बुढाले शिक्षामा थप गुणस्तरीयता कायम गर्न एक बिद्यालय एक ल्याप्टपको कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन । शिक्षा क्षेत्रको सर्वाङगिन विकासको लागी नगर शिक्षा निति समेत निर्माण गरिएको र बिद्यार्थी, अभिभावक र शिक्षकका विचमा त्रिपक्षिय सहकार्यका माध्यमबाट बिद्यालयहरु सञ्चालन भईरहेको उनको भनाई छ ।
कार्यक्रममा सहभागिताहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बिबिध समस्याहरुका वारेमा चासो ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिएर नगरले काम गरिरहेको बताए । नगरभित्रको शिक्षामा गुणस्तरीयता कायम गर्न मेयरसँग बिद्यार्थी कार्यक्रम सञ्चालन भैरहेको उनको भनाई छ। यस्तै आउदो बर्ष नगरले एम्वुलेन्स र शववाहन खरिद गर्ने बताए । सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागी भैरहेका कामहरुको प्रसंशा गर्दै आगामी दिनहरुमा थप स्तरीय बनाउदै लैजानुपर्नेमा जोड दिए ।





.jpg)