होमपेज / समाज
सरिता चलाउने माघ २०,सल्यान
मादक पदार्थ सेवन गर्ने पैसा नभएपछि सल्यानमा आफ्नै घरमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् । आफ्नै घरमा चोरी गरेको आरोपमा दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दार्मा गाउँपालिका २ मेलटाकुरीका २८ वर्षीय लाल बहादुर सुनार, बनगाड कुपिण्डे नगरपालिका ५ को २७ वर्षीय मेघराज साहु र चोरीका गरगहना किन्ने सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौरमा सुन पसल गर्दै आइरहेका ३० वर्षीय विर बहादुर वि.क.रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सुनारले ६ आनाका सुनका कानमा लगाउने बाली, १५ हजार रुपैयाँ बराबरको मोबाइल र साहुले एक तोला सुनको सिक्री, एक तोलाकै सुनको बाला, नागरिकताको प्रमाण पत्र र लत्ताकपडा चोरी गरेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गर्न परिवारले पैसा नदिए पछि आफ्नै घरमा चोरी गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका भइरहेको उनको भनाई छ ।
चालु आर्थिक वर्ष २०७७÷०७८ को ६ महिनामा ६ वटा चोरीका घटना भएको प्रहरीले जनाएको छ ।





.jpg)