ट्रेण्डिङ

होमपेज / समाज

अव्यवस्थित बिजुलीका तारले सल्यानमा दुुर्घटनाको जोखिम

  सरिता चलाउने २०७७ माघ १८ गते आइतबार १६:५१:३६ मा प्रकाशित

सरिता चलाउने माघ १८,सल्यान 
सल्यानका अधिकांस स्थानमा रहेका बिजुलीका तारले दुर्घटना जोखिम बढाएको छ ।

सडकमा रहेका बिजुलीका तार अव्यवस्थित हुँदा चालु आर्थिक वर्षमा २ जनाले ज्यान गुमाई सकेका छन् भने सात जना घाइते भएका छन् । बिजुलीका पोलहरु गाड्दा सुझबुझ नपनाउँदा अहिले जोखिम बढेको स्थानीयको भनाई छ । 

अव्यवस्थित रुपमा फिजारिएका तारले झन्डै आफ्नो ज्यान लिएको बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारकी गोल्मा बस्नेतले बताइन । उनले भनिन ‘बाख्रालाई घाँस ल्याउन भनेर आफ्नै बारीमा गएकी थिए डोरी सम्झेर कतिखेर तार समाइछु थाहै भएन । पछि अस्पतालमा भर्ना घरेपछि मात्र होसमा आए ।’ 

सल्लीबजारकै गणेश बहादुर बुढाथोकीले बारीमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएको बताए । आफ्नै बारीमा कोदोलोले खन्ने क्रममा तारमा छुँदा करेन्ट लागेको बताए । 
जिल्लाका अधिकांस स्थानमा अव्यवस्थित रुपमा तानिएका तारले दुर्घटनाको जोखिम बढी रहेको सल्लीबजार बजार व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर वलीले बताए । पटक पटक स्थानीय पालिका र विद्युत प्राधिकरणलाई व्यवस्थापन गर्न आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको उनको भनाई छ । उनले भने ‘बिजुलीको करेन्ट लागेर अहिलेसम्म सात जना घाइते भइसकेका छन् । छिटो जोखिम कम गर्न विद्युत प्राधिकरणलाई आग्रह गरियो केही हुदैन नगरपालिकाले त झनै हाम्रा कुरै सुन्दैन ।’ 

दस  बाह्र वर्ष अघिका काठका पोल कुहिँदा यस प्रकारको समस्या आएको नेपाल विद्युत प्राधिकरण सल्यानले जनाएको छ । हाँ जहाँ काठ पोल रहेका छन् ती पोल हटाउँदै गएको र जोखिमयुक्त स्थानको पहिचान गरी समस्या समाधानमा लागि परेको कार्यालयका प्रमुख धर्मपति यादवले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top