होमपेज / समाज
सरिता चलाउने २३, सल्यान
सल्यानमा एक युवक मृत फेला परेका छन् । जिल्लाको कुमाख गाउँपालिका २ कैनकाडाँका १६ वर्षीय जनक खत्री सोमबार घर नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार साथीसँग दशैको लागि खसी खोज्न घरबाट हिँडेका उनी सोमबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक खत्री भिरबाट लडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सल्यानका सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए ।
स्थानीयले दिएको जानकारी अनुसार मृतक खत्री र उनका साथी साँझसम्म सँगै भएको देखेका बिहान जनक खत्री मृत अवस्थामा भेटिएको तर उनका साथी भने घरमा भेटिएको उनको भनाई छ ।
सोधपुछका लागी उनका साथीलाई नियन्त्रणमा लिएको बताए । पहिले पनि उनीहरू बिचमा झगडा भएको देखिएकाले केही सोधपुछका लागी पक्राउ गरिएको सूचना अधिकारी जोशी बताए।





.jpg)