ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतमा सक्रिय संक्रमितकाे स‍ंख्या अहिलेसम्मकै कम

  रासस २०७७ मंसिर २० गते शनिबार १७:२७:३६ मा प्रकाशित

भारतमा शनिबार सक्रिय संक्रमितको संख्या पछिल्लो एक सय ३६ दिनपछि अहिलेसम्मकै कम देखिएको छ । 

भारतमा शनिबार चार लाख नौ हजार ६ सय ८९ जना संक्रिय संक्रमित अवस्थामा रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार यो सङ्ख्या पछिल्लो १३६ दिनपछिकै सबैभन्दा कम हो । 

‘सक्रिय संक्रमितहरूको संख्या यो एक सय ३६ पछिको सबैभन्दा कम हो, सन् २०२० को जुलाई २२ अघि योभन्दा कम थियो, त्यसपछि बढ्दै गएको थियो,’ मन्त्रालयले भनेको छ । 

मन्त्रालयले पछिल्लो समयमा दिनप्रतिदिन सक्रिय संक्रमितहरूको संख्या घट्दै जाने क्रम चलिरहेको जनाएको छ । 

अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या कुल संक्रमितको ४.२६ प्रतिशत मात्रै भएको मन्त्रालयको तथ्यांक छ । 

भारतमा पछिल्लो २४ घन्टामा ३६ हजार ६ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या पनि अघिल्ला केही दिनदेखि घट्दै गइरहेको छ ।
 
त्यसैगरी, पछिल्लो एक दिनमा कुल ४२ हजार ५३३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको विवरण छ ।  

दुवै तथ्यांक हेर्दा थपिएका संक्रमितहरूको संख्याभन्दा संक्रमणमुक्त भएकाहरूको संख्या धेरै रहेकाले कोरोना महामारी कम हुँदै गएको देखिएको छ । 

संक्रमित मुक्त भएकाहरूको अनुपात ९४.२८ रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 
भारतमा अहिलेसम्म कुल ९० लाख ५८ हजार ८२२ जना संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top