होमपेज / समाज
इन्द्र बुढाथोकी २३ जेष्ठ ।
सल्यानमा लगाइएको अलैची र भुई स्याउले बजार नपाउदा किसान मारमा परेका छन् । उत्पादित अलैंची र भुई स्याउ बिक्री नै नभएपछि अलैंची किसान मारमा परेका छन् ।
बनगाड कुपिण्डे नगरपालिका वडा न ६ काराकोट्को हिलेमा लगाएको अलैंचीले बजार नपाउँदा ४ वर्ष देखि गर्दै आएको अलैंची खेती गर्दै किसान समस्यामा परेका छन् । बनगाड कुपिण्डे नगरपालिका वडा न ६ का टोप बहादुर पुनले विगत ४ वर्ष देखि आफ्नो १ रोपनी जग्गामा लगाएको अलैंची खेतिले बजार नपाउदा समस्या भएको बताए ।
आफुले रेडियोबाट कृषि कार्यक्रम सुनेर बिगत ४ वर्ष पहिले देखि कृषि खेती गर्दै आएको र १८ सयमा बिक्रि हुन्छ भनी सुनेको तर अहिले बारीमा कुहिएको कृषिक पुनले बताए । उनले भने नगदे बालीको रुपमा रहेको अलैंचीलाई मुख्य व्यवसाय बनाउने सोचमा थिए । सोच जस्तो नभएपछि रोपेका अलैचीका विरुवाहरु उख्लेर फालि सके ।
यस्तै भुई स्याउले पनि बजार पाउन नसकेको उनको भनाई छ । बारीमा लगाएको भुई स्याउ बिक्री नभए पछि उखेर फालेको समेत उनले बताए । । भुई स्याउ रक्तचाप, मधुमेह लगाएत विभिन्न प्रकारका रोगहरु सन्चो हुने भन्ने सुनेर लगाएको तर बारिमै कुहिने अवस्था आउदा केही विरुवा उख्लेर फालेको उनले बताए ।





.jpg)