ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिण्डे नगरपालिकामा सय बेडको आइसोलेसन बनाइने

  इन्द्र बुढाथोकी २०७७ जेठ २२ गते बिहीबार ०७:४१:१२ मा प्रकाशित

इन्द्र बुढाथोकी सल्यान २२ जेष्ठ । 
 सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले १ सय बेडको आइसोलेसन बनाउने निर्णय गरेको छ ।

बुधबार नगर कार्यापालिकाको बैठकले प्रभाकर माध्यमिक विद्यालयदेवस्थल र बनगाड क्याम्पस बनगाड सुनौलीमा ५० ५० बेडको आइसोलेसन वार्ड निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए । प्रमुख खड्काका अनुसार सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सबै भन्दा बढी भारत बाट  नागरिक फर्किएकोले कोरोना संक्रमितलाइ राख्नको लागि आइसोलेसन बनाउन थालिएको हो  । प्रदेश सरकारले सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा १ सय बेडको आइसोलेशन बनाउने निर्णय गरेको थियो ।
बुधबार बसेको नगरकार्यपालिका बैठकले नगरमा १ सय  आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको नगरप्रमुख गोबिन्द कुमार पुनले जानकारी  दिए।

बन्गाडमा भेटिएका कोरोना संक्रमितहरुलाई सुर्खेत र रुकुम पश्चिमका अस्पतालले लिन नमानेपछि नगरपालिकाले आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको उनको भनाई छ । यस्तै क्वारेन्टाइनमा अपुग मात्रामा सुरक्षाकर्मी भएका स्थानमा नगरले स्वयमसेवक यूवा परिचालन गर्ने निर्णय पनि गरेको छ ।अहिले नगरका करिब २५ वटा बिद्यालय बनाएको क्वारेन्टाइनमा १ हजार ५ सय २३ जना नगरमा एकैसाथ नागरिक भारत लगाएतका स्थानबाट फर्किएकाले ब्यबस्थापनमा समस्या भएको नगर उपप्रमुख मञ्जु यरीले बताइन ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी नगरपालिकाले निरन्तर रुपमा काम गरिरहेकाले हतोत्साहित नभई कोरोनाको मिलेर सामना गर्न सबैमा नगर उप प्रमुख मन्जु यरिले आग्रह गरिन  । 

साथै नगरपालिकामा कोरोना संक्रमित बढदै गए पछि तत्काल नगरपालिकाको अति आवश्यक काम बाहेक अन्य बिकास निर्माणको काम रोक्ने निर्णय गरेको छ । सल्यान बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित ४२ जना भेटिए पछि नगरपालिकाले अति आवश्यक काम बाहेक सबै काम रोकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top