होमपेज / समाज
जेठ २०, २०७७ :
कालिकोट नरहरिनाथ गाउँपालिका १ लालिघाट बजार नजिकै खाद्यान्न बोकेको जिप दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने एक घाइते भएका छन्।
लालिघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको र एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्याम ओलियाले बताए।
प्रहरी प्रमुख ओलियाका अनुसार दुर्घटनामा गाडी चालक ४० वर्षका छन्। घटनाको थप विवरण आउने क्रम छ।





.jpg)