ट्रेण्डिङ

होमपेज / समाज

लकडाउन सदुपयोग गर्दै सल्यानका युवाहरुले बनाए फिल्ड

  इन्द्र बुढाथोकी २०७७ जेठ १८ गते आइतबार १३:३२:१२ मा प्रकाशित

इन्द्र बुढाथोकी जेठ १८, सल्यान 
माझकाडा सिसानेटाका युवाहरुले खेलकुदको लागि फिल्ड निर्माण गरेका छन ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न १० माझकाडा सिसानेटाका युवाहरुले खेलकुद फिल्ड निर्माण गरेका हुन  ।  खेल खेल्नको लागि कुनै खेलमैदान नहुँदा विभिन्न खेलकुद  फिल्ड निमार्ण गरिएको युवा रामु विरही केसील्े बताएन । खेलकुद मैदान नहुँदा खेलबाट बन्चित हुनु परेको केसीले  बताए  । उनले भने विभिन्न ठाउमा खेलकुदको आयोजना हुँदा पनि खेलमैदान नहुँदा खेल खल्न जान बन्चित हुने गरेको थियौ । 

 अहिले लकडाउनको सदुपयोग गर्दै गाउका युवाहरु मिलेर २५ मिटर लम्बाई र ९ मिटर चौडाइ भएको फिल्ड निर्माण गरेका छन । वडा त स्थानीय सरकारको मुख ताक्नु भन्दा मान्छेले गरे के हुदैन भन्दै आफुहरु फिल्ड निर्माणमा जुटेको केसीले बताए । खेलमैदानको लागि विभिन्न ठाउमा पहल।गरे पनि कुनै ठाउँबाट सुनुवाइ नभएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top