होमपेज / समाज
इन्द्र बुढाथोकी
सल्लीबजार १७ जेष्ठ । पुर्बी सुर्खेतको सिम्ता गाउँपालिका वडा न ५ का वडा अध्यक्ष मोहन कुमार विसिको पीसिआर रिपोर्ट नेगेटिभ आएको छ । अध्यक्ष विसिले सिम्तामा भारतबाट आएका आफ्ना नागरिकलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्ने दिन रात खटिएका थिए । स्वास्थ्यमा समस्या आए पछि २ पटक सम्म आरडिटी गर्दा समेत रिपोर्ट पोजेटिभ आएको थियो । वडा अध्यक्षको रिपोर्ट आज पिसिआरमा नेगेटिभ देखिएको छ ।
जसले गर्दा उनीसँग बैठकमा सहभागी घुलमिल भएका जनप्रतिनिधि कर्मचारी र सिम्ता बासिमा सबैलाई एक खालको त्रास उत्पन्न भएको थियो।आज उनको पीसिआर रिपोर्ट नेगेटिभ आउदा सबैमा खुसि छाएको छ।
पीसिआर रिपोर्ट नेगेटिभ आउने बित्तिकै वडा अध्यक्ष विसिले आफ्नो फेसबुकमा सबैलाई सुरक्षित भएर कोरोना विरूद्धको लडाइ लड्न र क्वारेन्टाइन व्यवस्थापनमा सबैलाई सहयोग गर्न अनुरोध गर्दै आफु पनि काममा फर्केको जानकारी दिएका छन् ।





.jpg)