होमपेज / समाज
इन्द्र बुढाथोकी जेठ १६, सल्लीबजार
सल्यानको बनगाड क्याम्पसले क्वारेनटाइनमा बसेका नागरिकहरुलाई खाजाको व्यवस्था गरेको छ । क्वारेनटाइनमा बसेका २ सय १७ जनालाई क्याम्पसले खाजाको व्यवस्था गरेको हो । बन्दाबन्दीको बिचमा सयौंका सख्ंयामा भारतबाट नागरिकहरु जिल्ला भित्रि रहेका छन् । भित्रिएका सबैलाई पालिकाहरुले क्वारेनटाइनमा राख्दै आइरहेका छन् ।
क्याम्पसको क्वारेन्टाइनमा रहेका १ सय ५७ रहेका र सरस्वती प्राथमिक विद्यालय सुनौलीको क्वारेन्टाइन रहेका ६० जनालाई खाजा सहयोग गरिएको क्याम्पसले जनाएको छ । बनगाड क्याम्पस बनगाड परिवारको तर्फबाट आफ्नो घरमा आएका पाहुनालाई स्वागत गरेको बनगाड क्याम्पस सन्चालक समिति अध्यक्ष कर्ण बहादुर बुढाथोकीले बताए । अहिले समयले भन्दा पनि बाध्यताले क्वारेन्टाइन बस्नु पर्ने भएकाले त्यसलाई अन्यथा नमान समेत अध्यक्ष बुढाथोकीले बताए ।
क्याम्पसले क्वारेनटाइनमा बसी रहेका व्यक्तिहरुका लागि अन्डा चनाको व्यवस्था गरेको छ । अध्यक्ष कर्ण बहादुर बुढाथोकी, उपाध्यक्ष गणेश विसि, सदस्य किर्ती बहादुर राणा, वडा अध्यक्ष पुरुशोतम आचार्य, क्याम्पस प्रमुख गणेश चन्द, प्राध्यापक पुष्कर विसि लगाएको उपस्तिथि रहेको थियो ।
अन्य समाजसेवीले पनि खाजाको व्यवस्था गरिरहेका छन । यसैबिच नगरपालिकाको बिभिन्न क्वारेन्टाइनमा बसेकाहरुलाई सक्दो सहयोग गर्न नगरप्रमुख गोबिन्द कुमार पुनले आग्रह गरेका छन् ।





.jpg)