ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा रतुवा मारेको आरोपमा दश जना पक्राउ

  इन्द्र बुढाथोकी २०७७ जेठ १६ गते शुक्रबार १४:३०:२६ मा प्रकाशित

इन्द्र बुढाथोकी जेठ १६,सल्यान 
सल्यानमा जंगली जनावर रतुवा मारेको आरोपमा १० जना पक्राउ परेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ संग्रही खोलाबाट रतुवा मारेको आरोपमा दश जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । 
         रतुवा मारी मासु बाँडफाँड गर्दै गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय सल्यानका सुचना अधिकारी मनोज लम्साल शर्माले बताए । 
पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका ७ का ३७ वर्षिय प्रेम रोका, १७ वर्षिय गिम बहादुर थापा, ३५ वर्षिय रुद्र बहादुर वली, ४१ वर्षिय हेमराज वली , ६८ वर्षिय लुट बहादुर बस्नेत रहेका छन् । यस्तै ६५ वर्षिय जित बहादु बस्नेत, ५४ वर्षिय डम्बर वली, ३२ वर्षिय नर बहादुर वली, ३६ वर्षिय बेलाराम विक र ५८ वर्षिय खड्क खड्का रहेका छन् । रतुवाको जस्तो देखिने मासु बाँडफाँड गर्दै गर्दा वन कार्यलय र प्रहरीको टोलीले १० जनालाई पक्राउ गरेको छ । रतुवा वा अन्य कुन जनावर हो भन्ने विषयमा अनुसन्धान भैरहेको र विधि बिज्ञान  प्रयोगशाला रिपोर्ट आए पछि मात्र कुन जनावर  हो थाहा हुने शर्माले बताए । 
नियन्त्रणमा लिएका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डिभिजन वन प्रमुख  रमेश गिरीले बताए । अनुसन्धनमा दोषी देखिए सबैलाई जंगली जीव जनावर तथा बन्यजन्तु ऐन उपर मुद्या चलाइने उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top