होमपेज / समाज
इन्द्र बुढाथोकी सल्लीबजार १५ जेठ
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले भारतबाट आएका १ सय ६६ को पीसिआर परीक्षणका लागि स्वाब संकलन गरेको छ । नगरपालिकाले निमार्ण गरेका विभिन्न क्वारेनटाइनमा बसी रहेका १ सय ६६ जनाको स्वाब संकलन गरेको हो ।
बिहीबार नव ज्योति माध्यमिक विद्यालय अधेरी बाबियाचौर क्वारेन्टाइनमा ३७ जना, भेरी निमावि ४३ र जनता प्रावि बस्नेउरा आपखोलीका ८६ जना गरि जम्मा १ सय ६६ जनाको स्वाब सङ्कल्न गरिएको स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिए ।
जेठ महिना लागे यता भारतबाट जिल्ला भित्रिनेको सख्यामा उल्लेख्य वृद्धि आएको छ । कपुरकोट र बबई नाकाबाट कोरोना परीक्षण विनानै भित्रिएका छन् । आरडिटी परीक्षण भरपर्दो नभएपनि आरडिटी मात्र हुदै आई रहेको छ । जसले जोखिम बढाउदै लगेको छ । मंगलबार स्वाब संकलन गरिएका ३ सय ९३ जानको रिपोर्ट शुक्रबारसम्म आउने डाक्टर इन्द्र बहादुर थापाले जानकारी दिए ।
नगरपालिकामा हालसम्म प्रभाकर मावि क्वारेन्टाइनमा २ सय ५३, जनता प्रावि बस्नेउरामा ८९, बनगाड क्याम्पस बनगाडमा १ सय ५७, रामजानकी प्रावि राउचेमा ८३, भैरवी निमावि वेलखोलामा ७६, गंगा प्रावि अम्रामा ७२, भेरी निमावि गरामा ४३ र नवज्योति मावि अध्यरीमा ३७, सरस्वती प्राबी सुनौलीमा ५७, मुक्ती माबी औलबेशिमा २० जना गरी जम्मा ८ सय ९८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
आवास, गास र अन्य जोह गर्न नगरलाई यतिबेला समस्या भैरहेको छ । नगरपालिकाबाट मात्रै रोजगारीका लागि भारतका विभिन्न स्थानमा ६ हजार बढी नगरबासी रहेको तथ्यांक रहेको छ ।





.jpg)