ट्रेण्डिङ

होमपेज / समाज

दुई करोड १० लाखको पुल ६ महिना टिकेन

  सल्यान खबर २०७७ बैशाख २८ गते आइतबार १५:२४:५४ मा प्रकाशित

बैशाख २८, २०७७ म्याग्दी :

निर्माणसम्पन्न भएको ६ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिख स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ। पूर्वाधार विकास योजना कार्यालयले २ करोड १० लाखको लागतमा स्वच्छन्द गाैतम जेभीले गत मंसिरमा सो पुल निर्माण गरेको थियो।

३१ मिटर लम्बाइको सो पुलको बीच भागमा दुई वटा भ्वाङ परेको छ। पुल दायाँबायाँ भागको जमिन भासिएको छ भने पर्खालसमेत भत्किन थालेकोले कुनै पनि बेला दुर्घटना हुन सक्ने स्थानीयले बताएका छन्।  पुलको अवस्था र त्यसबाट उत्पन्न सम्भावित जोखिमका बारेमा स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराइएको छ। 

ठेकेदार कम्पनीले पुल निर्माण गर्दा कमसल तथा गुणस्तरहीन सामग्री प्रयोग गरेको जनप्रतिनिधिहरुलाई थाहा हुँदाहुँदै पनि चासो नदिएकाले यस्तो अवस्था आएको स्थानीय सुबोध बरुवाल क्षत्रीले बताए।  ठेकेदारले एकसरो ढलान गरेको र स्थानीयले पनि चासो नराख्दा पुलको यो हालत भएको स्थानीय डिल गर्बुजाले बताए। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top