ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा तीन नाल भरुवा बन्दुक बरामद

  सल्यान खबर डेस्क २०८३ श्रावण १९ गते मंगलबार ०७:०८:३२ मा प्रकाशित

साउन १९,सल्यान 
जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका दुई फरक सामुदायिक वनबाट बेवारिसे अवस्थामा लुकाइराखिएका तीन नाल भरुवा बन्दुक बरामद गरेको छ ।
बनगाड कुपिण्डे नगरपालिका १२ स्थित सिद्धगुफा सामुदायिक वन बाट र त्रिवेणी गाउँपालिका २ स्थित ठाँटीबोट सामुदायिक वनबाट३ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 जंगलमा  लुकाइराखेको भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा उक्त अवैध बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ईश्वर रोकायले जानकारी दिनुभयो । 

सिद्धगुफा सामुदायिक वनबाट दुई नाल र ठाँटीबोट सामुदायिक वनबाट एक नाल गरी जम्मा तीन नाल भरुवा बन्दुक फेला पारेको उहाँको भनाई छ । बरामद गरिएका बन्दुक कसले र कुन उद्देश्यले वन क्षेत्रमा लुकाइराखेको भन्ने विषयमा अनुसन्धान भइरहेको रोकायको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top