ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०८२ माघ २८ गते बुधबार ०९:३१:२० मा प्रकाशित

माघ २८,सल्यान 
सल्यानमा  जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । राप्ती राजमार्ग अन्तर्गत कपुरकोट –दाङ सडकखण्डको कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै ग १ ज ३५६१ नम्बरको जिप दुर्घटना भएको हो ।

बुधबार बिहान करिब ५ बजेतिरभएको दुर्घटनामा परी पूर्वी रुकुमको सिस्ने गाउँपालिका ४ का चालक  ३0वर्षीय विजय वि.क रहेको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनु भयो । । घाइतेहुनेमा रुकुम पुर्व सिस्ने गाउँपालिका २ की २२ वर्षीया सुश्मि रोका, उहाँकी २ वर्षीया छोरी सफलता केसी र वडा न ४ की ३८ वर्षीया ललिता केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइतेहरुको आधारभूत अस्पताल कपुरकोटमा प्राथमिक उपचार पश्चात प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।  ।
रुकुम पूर्वबाट दाङ जाँदै गरेको जिप दुर्घटना भएको हो गाडी सडकबाट करिब चार सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन्  । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top