होमपेज / समाज
जिल्ला प्रहरी कार्यालय सल्यानले सवारीचालक अनुमतिपत्र प्राप्त नगरी चलाएका १८ वटा अटो नियन्त्रणमा लिएको छ। जिल्लाका विभिन्न स्थानबाट चेकजाँचका क्रममा अनुमतिपत्र प्राप्त नगरी चलाएका अटो नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार भे १ ह ९२५६, भे २ ह ४५८, भे २ ह ९२०५, भे २ ह ९९३०, रा १ ह ७२१५, लु.प्र. ०२२– ००१ ह ०५५, लु.प्र. ०२ –००१ ह १७३२, लु.प्र ०२–००१ ह १८४७, रा १ ह ५९६४, लु.प्र ०२–००१ ह १७७७, भे १ ह ९१९७, रा १ ह २१८७ नम्बरका अटो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ।
यस्तै, रा १ ह ६८७८, लु.प्र ०२–००१ ह ०२९२ र तीनवटा अनटेस्ट अटो रहेका छन्। सवारीचालक अनुमतिविना अटो चलाउँदा दुर्घटना भएमा त्यसको मानवीय तथा भौतिक क्षति हुने तथा चालक स्वयंलाई पनि उच्च जोखिम हुने भएकाले अटो नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ।
माघ १९ गते चालकसहित ११ जना सवार अटो दुर्घटना हुँदा एकजनाको मृत्यु र अन्य नाैजना घाइते भएका थिए। सिट क्षमताभन्दा धेरै यात्रु बोक्न थालेपछि चेकजाँचलाई कडाइ गरिएको प्रहरीको भनाइ छ।





.jpg)