ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अटो दुर्घटनाका गम्भीर घाइते वृद्धको उपचारका क्रममा मृत्यु

  सल्यान खबर डेस्क २०८२ माघ २२ गते बिहीबार १९:४८:१३ मा प्रकाशित

माघ २२,सल्यान 
सल्यानमा अटो दुर्घटनामा गम्भीर घाइते वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्जमा उपचारका क्रममा बिहीबार सल्यान सिद्ध कुमाख गाउँपालिका १ मेल्चौरका ७८ वर्षीय टर बहादुर चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

१९ गते बिहान श्रीनगरबाट सदरमुकाम खलंगा जाँदै गरेको रा १ ह २१९५ नम्बरको अटो खलंगा श्रीनगर सडकखण्डको सिचाई कार्यालय नजिकै दुर्घटना हुँदा अटोमा सवार १० जना घाइते भएका थिए । घाइते १० मध्ये सात जनालाई नेपालगञ्ज रिफर गरिएकोमा एक जना वृद्धको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण बहादुर केसीले जानकारी दिनु भयो । अटो सडकबाट झन्डै ५ सय मिटर तल खसेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top