ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

  सल्यान खबर डेस्क २०८२ माघ १९ गते सोमबार १६:२२:५६ मा प्रकाशित

 माघ १९,सल्यान 
सल्यानमा शारदा नगरपालिकामा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । श्रीनगर खलंगा सडकखण्ड अन्तर्गत शारदा नगरपालिका १ श्रीनगरदेखि सदरमुकाम खलंगा जाँदै गरेको रा १ ह २१९५ नम्बरको अटो सदरमुकाम खलंगा स्थित सिचाई कार्यलय निजकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा परी सल्यान सिद्ध कुमाख गाउँपालिका ३ का ३५ वर्षीय दीपक वि.क, शारदा नगरपालिका ११का १९ वर्षीय रेशम बहादुर नेपाली, सिद्ध कुमाख गाउँपालिका १ का ७८ वर्षीय टर बहादुर रेउले, बनगाड कुपिण्डे नगरपालिका ९ की २३ वर्षीया संगिता वि.क, उहाँको ७ वर्षीय छोरा दिपक वि.क.र छोरी ३ वर्षीया सुष्टि वि.क रहेका छन् । 

यस्तै दाङ बबई गाउँपालिका ६ की २३ वर्षीया कृष्णा बुढाथोकी, उहाँकी ३ वर्षीया छोरी स्मृति बुढाथोकी, सिद्ध कुमाख गाउँपालिका २ की ३८ वर्षीया धनि सुनार र ३९ वर्षीय पुष्पा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ । घाइतेहरुको सल्यान जिल्ला अस्पतालमा उपचार पश्चात सात जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण बहादुर केसीले बताउनु भयो । 

चालक सहित ११ जना सवार अटो अनियन्त्रित भएर सडकदेखि करिब ५00 मिटर तल खसेको छ । अटो चालक शारदा नगरपालिका ६ का २५ वर्षीय अर्जुन डाँगी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top