ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा एक महिनामा १३ जना फरार प्रतिवादी पक्राउ

  सल्यान खबर डेस्क २०८२ माघ ३ गते शनिबार १८:०७:३१ मा प्रकाशित

माघ ३,सल्यान 
गत पुष महिनामा सल्यानबाट विभिन्न अभियोगमा फरार रहेका १३ प्रतिवादी पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानमा लुकिछिपि बस्दै आइरहेका १३ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पक्राउ पर्नेमा शारदा नगरपालिका १० का मेघराज कंवर, दार्मा गाउँपालिका १ का चक्र बहादुर खड्का, दार्मा १ कै विमला खड्का, दार्मा ५ का महेश खड्का, छत्रेश्वरी  गाउँपालिकाका ६ का टिकाराम भण्डारी दार्मा ४ की अन्जना शाह, बनगाड कुपिण्डे नगरपालिका ३ का धने नकाल, शारदा नगरपालिका १३ का खेल बहादुर रावत र कमला वली रावत लगायतका रहेका छन् । 

पक्राउ पर्नेहरु सवारी ज्यान बैकिङ कसुर, बहुविवाह, हाडनाता करणी लगायतका मुद्दामा सल्यान जिल्ला अदालतले कैद तथा जरिवाना सजाय फैसला गरेका रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण बहादुर केसीले जानकारी दिनु भयो ।  उनीहरु एक वर्षदेखि ११ वर्षसम्म फरार रहेका र पक्राउ परेका सबैलाई करागार चलान गरिएको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top