ट्रेण्डिङ

होमपेज / समाज

सल्यान शारदामा तीन हजारभन्दा बढी घरलाई सुधारिएको चुलो वितरण

  सल्यान खबर डेस्क २०८२ पौष २८ गते सोमबार १७:२६:१५ मा प्रकाशित

सल्यानको शारदा नगरपालिकाका तीन हजार २८० घरधुरीमा सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको छ ।

 

स्वास्थ्यमा सुधारसँगै धुवाँरहित, दाउरा कम खपत गराउने उद्देश्यले सल्यानको शारदा नगरपालिकाले वातावरण संरक्षण शिविरको समन्वयमा तीन हजार २८० घरधुरीमा सुधारिएको चुलो वितरण गरेको हो । 

चुलोकाे प्रयोगमार्फत नागरिकको स्वास्थ्य तथा जीवनस्तरमा सुधार आउने विश्वास लिएको वातावरण संरक्षण शिविर (एक्का नेपाल) की कर्मचारी मनीषा रेग्मीले जानकारी दिइन् ।  उनले भनिन् ‘यस चुलोले कार्वन विसर्जन कम गर्ने हुँदा स्वास्थ्यमा सुधार आउनुका साथै थोरै दाउराबाट पनि खाना पाक्ने भएकाले दाउराको पनि खपत हुन्छ ।’  तीनदेखि सातजना सदस्य रहेको, वार्षिक आम्दानी न्यून भएको, परम्परागत चुलो प्रयोग गर्दै आइरहेकोलगायतका सीमा निर्धारण गरिएको उनको भनाइ छ । एक सुधारिएको चुलो पाँच हजारका दरले एक करोड ६४ लाखको लागतमा वितरण गरिएको रेग्मीले बताइन् । 

चुलोको प्रयोगले धेरै फाइदा पुग्ने भएकाले सही सदुपयोग गर्न शारदा नगरपालिकाकी उपमेयर सुस्मिता सुनार सापकोटाले बताइन् । सुधारिएको चुलो वातावरण र स्वास्थ्यमैत्री रहेको उनकाे भनाइ छ। घरमा भएका साना बालबालिका र ज्येष्ठ नागरिक आमाबुबाहरूको स्वास्थ्यलाई धुवाँले असर पारिरहेको अवस्थामा यी चुलोहरूले स्वास्थ्यमा सहयोग पुग्ने उनको भनाइ छ । उनले भनिन्, ‘लगेर नराख्नुस्, लगेपछि प्रयोग पनि गर्नुस्, यसले न्यून आयस्रोत भएका नागरिकलाई धेरै सहयोग पुर्‍याउनेछ ।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top