ट्रेण्डिङ

होमपेज / समाज

सल्यान त्रिवेणी–४ का १२२ जना अपाङ्गता र ज्येष्ठ नागरिकलाई सम्मान

  सल्यान खबर २०८२ पौष ६ गते आइतबार १९:२४:३२ मा प्रकाशित

सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ४ ले ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान तथा पोषण सहयोग गरेको छ। आइतबार आयोजित एक कार्यक्रममा वडाले १२२ जना लाभग्राहीलाई एक–एक क्यारेट अण्डा र हर्लिक्स वितरण गरेको हो।

ज्येष्ठ नागरिकको आत्मसम्मान, मर्यादा र सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष छबिराज शर्माले बताउनुभयो। उहाँका अनुसार, ज्येष्ठ नागरिकहरूले आफ्नो सक्रिय जीवनमा आर्जन गरेका अमूल्य अनुभव, ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन्, जसको कदरस्वरूप सम्मान कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता खड्का पुनले ज्येष्ठ नागरिक तथा पुरानो पुस्ताबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सक्रिय रहिरहन शुभकामना व्यक्त गर्नुभयो।

सम्मान कार्यक्रममा सरिकोट स्वास्थ्य चौकीबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले सहभागीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि वितरण गरेको सरिकोट स्वास्थ्य चौकी प्रमुख बलिभान विष्टले जानकारी दिनुभयो।

कार्यक्रमको सञ्चालन वडा सचिव उमेश चौधरीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top