होमपेज / समाज
पुष ६,सल्यान
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिका ५ तितेपातलमा क.प्र.०२०१ त ०४४४ नम्बरको ट्याक्टर दुर्घटना हुदा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ३ झेल्नेटाका अन्दाजी २१ वर्षीय सुरेश वि.कको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शनिबार साँझ रुकुम पश्चिम झुल्नेटाबाट सल्यान दार्मा गाउँपालिका ५ तिते पालत सामुदायिक वन तर्फ दाउरा लिन आउँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटना गम्भीर घाइते चालक वि.क. र रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ४ खम्चेरीका २६ वर्षीय पूर्ण बहादुर वि.क घाइते हुने भएको थियो ।
गम्भीर घाइते सुरेशको जिल्ला अस्पताल सल्ले रुकुममा चेकजाँच गर्दा आइतबार राति डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनु भयो । उनको शव सल्ले अस्पतालको गृहमा राखिएको उहाँको भनाई छ । अर्का घाइते वि.कको उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।





.jpg)