ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका दुई उद्यमी सम्मानित

  सल्यान खबर डेस्क २०८२ मंसिर ९ गते मंगलबार १७:००:४४ मा प्रकाशित

मंसिर ९,सल्यान 
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले दुई उद्यमीलाई सम्मान गरेको छ । औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रकाृ आधार भन्नृ नााका साथ एघारौँ उद्योग दिवसको अवसरमा सल्यानका दुई उद्यमीलाई सम्मान गरेको हो । 

सम्मानित हुनेमा दार्मा गाउँपाकिला ६ ढाकाडाममा सञ्चालित लालिगुराँस उनी सल उद्योगका सञ्चालक सिता शाही र कालिमाटी गाउँपालिका २ का मह उत्पादक लोकेन्द्र बहादुर वली रहनु भएको छ । 

श्रीनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले खादा र सम्मान पत्रले उहाँहरुलाई सम्मान गर्नु भएको हो । 
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले देशको अर्थतन्त्रको मेरुदण्ड नै उद्योग भएकाले सानो लगानीबाट पनि देशको आर्थिक विकास टेवा पु¥याउन सकिने बताउनु भयो । समाजका शिक्षित व्यक्ति , राजनीतिकर्मी, कमचारी सबैले उद्योग सञ्चालन गर्नु पर्ने बताउनु भयो । 

यस्तै जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावलले सिप र श्रमको भरपुर उपयोग गरी नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउनु पर्ने बताउनु भयो । देशमा आयतलाई विस्थापन गरी निर्यातलाई बढावा दिन पनि साना उद्योगको स्थापना तथा प्रवद्र्धन आवश्यक रहेकोमा जोड दिनु भयो । उहाँले भन्नु भयो समाजसेवा गर्ने राजनीतिक दलहरु समेत उद्यमी बन्न आवश्यक छ । आफुले केही नगर्ने अरुलाई उद्यमी बन्नु पर्छ भन्दा अव जनताले विश्वास गर्दैनन् । त्यसकारण राजनीतिक दलहरु पनि उद्यमी बन्न आवश्यक छ । 

कार्यालयका अनुसार जिल्लामा हालसम्म ३ हजार २ सय ६९ वटा उद्योग दर्ता भएका छन् । कार्यालय स्थापना देखि हालसम्म उत्पादनमुलक उद्योगमा ४३४, सेवा मुलकमा १२६३, कृषि तथा वनजन्यमा १६१६ र पर्यटनमा २९७ उद्योग दर्ता भएका छन् । यस्तै चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक मसान्तसम्म ३६ उद्योग दर्ता भएका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top