होमपेज / समाज
मंसिर ४,सल्यान
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका लेखपोखराबाट लान्ति आउँदै गरेको रा १ त २४३८ नम्बरको ट्याक्टर छत्रेश्वरी गाउँपालिका ५ कोलचौरमा गएराती दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका ६ का २५ वर्षीय देवेन्द्र सिहंको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी पूर्ण केसीले जानकारी दिनु भयो । ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेको उहाँको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।





.jpg)