ट्रेण्डिङ

होमपेज / समाज

सल्यान त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

  सल्यान खबर २०८२ मंसिर १ गते सोमबार २०:३८:२५ मा प्रकाशित

मंसिर १,सल्यान 
सल्यानको त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन भएको छ । तीन वर्षमा सम्पन्न गर्ने सम्झौता भएपनि ५ वर्षपछि भवन सम्पन्न भएपछि सोमबार एक कार्यक्रमका बिच नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको हो । 

नवनिर्मित भवनको उद्घाटन गर्दै त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले जनतालाई सरल र सहज सेवा प्रवाहमा थप सहजता हुने बताउनु भयो  । गणतन्त्रको सुन्दरता सङ्घीयता भएकाले नजिकको सरकार मानिने स्थानीय तहले त्यसको सुगन्ध फैलाउनुपर्नेमा जोड दिनु भयो  । जनतालाई सुरक्षा, राजनैतिक अधिकार, सुशासन र आर्थिक विकाससँगै शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवाको सहजता दिलाउन स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्न सहज हुने बताउनु भयो  ।  स्थानीय तहले अभ्यास गर्दै, सिक्दै जनताको घर घरमा गएर प्रभावकारी सेवा दिइरहेको उल्लेख गर्नु भयो। 

प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर केसीले गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रवाह सुरु गर्ने बताउनु भयो ।  गाउँपालिकाको भवन निर्माण कार्य सम्पन्न भएपछि अब सेवाग्राहीहरुलाई गाउँपालिकाका कामहरु एउटै छानामुनी सेवा पाउने भएका छन भने वार्षिक करिब १७ लाख रुपैँया कोठा भाडा पनि बचत भएको  बताउनु भयो । 
। प्राकृतिकरहमाल जे।भि।ले भ्याट सहित ५ करोड ३४ लाखमा २०७७ असार ३० गते सम्झौता गरेको थियो । भवनको शिलन्यास २०७७ माघ ३० गते गरिएको थियो । सम्झौता भएको मितिले ३० महिनामा निर्माण कार्य सम्पन्न हुनुपर्नेमा २०८२ मंसिरमा सम्पन्न भएको हो । 

कार्यक्रममा जग्गादान गर्ने दाताहरु स्व।ध्रुव प्रसाद श्रेष्ठ, रेणु श्रेष्ठ, दिवाकर राज श्रेष्ठ, डम्बर बहादुर शाह, कर्ण बहादुर श्रेष्ठ, कमलराज के।सी।, निर्माण व्यवसायी अरबिन्द्र कुमार राई र लक्ष्मण हमाललाई सम्मान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top