ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अदुवा र हलेदो प्रविधि प्रवद्धर्न कार्यक्रम गरिने

  सल्यान खबर २०८२ मंसिर १ गते सोमबार २०:१२:४३ मा प्रकाशित

मंसिर १,सल्यान 
सल्यानमा प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा अदुवा र हलेदो प्रविधि प्रवद्धर्न कार्यक्रम सञ्चालन गरिने भएको छ । तीनै तहको सरकार बिच आपसी समन्वय र सहकार्यबाट नै कृषकले उत्पादन गरेको कृषिजन्य बस्तुको उत्पादन देखि बजारीकरणसम्म सम्भव भएकाले समन्वय अत्यावश्यक रहेको बताइएको छ । 

सोमबार अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले श्रीनगरमा गरेको प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा अदुवा र हलेदो प्रविधि प्रवद्धर्न कार्यक्रमको प्रारम्भिक बैठकमा अधिकांस सहभागिले कृष्कले उत्पादन गरेको कृषिजन्य बस्तुको बजारीकरणको सुनिश्चितता हुनु पर्नेमा जोड दिए । देशमा संघीयतासँगै तीन तह बिच सहकार्य नहुँदा त्यसको प्रत्यक्ष मार कृषि क्षेत्रले भोगि रहेको सहभागिहरुको भनाई छ । सरकारले किसानले उत्पादन गरेको उस।र।मूल्य सहित बजारीकरणको वातावरण बनाउन सकेमात्र कृषिमा युवाहरुको आकर्षण बढ्न सक्ने उनीहरुको भनाई छ । 

कार्यक्रममा बोल्दै कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले प्रांगारिक अदुवा प्रमाणित गरि यदि किसानले अदुवा बिक्री गरे कर्णाली प्रदेश सरकारले प्रतिकिलो ५ रुपैयाँ अनुदान प्रदान गर्ने बताउनु भयो । किसानको उत्पादन सरकारले खरिद गर्ने भन्दा पनि बजारीकरणको वातावरण बनाउनु पर्ने उहाँको जोड रहेको छ । 
यस्तै वनस्पति अनुसन्धान केन्द्र कपुरकोटका प्रमुख डा. मित्र पाठकले किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको बिक्रीको ग्यारेन्टी तीनै तहका सरकारले लिनु पर्ने बताउनु भयो ।

राष्ट्रिय आलु, तरकाकारी तथा मसलाबाली विकास केन्द्र किर्तिपुर काठमाण्डौका बागवानी अधिकृत धनराज गौतमले आयात तथा निर्यातमा भएका समस्याका सहजीकरणको कार्य अनुसन्धान केन्द्रले गर्दै आइरहेको बताउनु भयो । पूर्वको तुलनामा पश्चिम नेपालमा मसलाबालीको उत्पादन बढी रहेको उहाँको भनाई छ । मसलाबालीको न्युनतम समर्थन मूल्य तोक्न सके किसानहरुलाई धेरै राहत मिल्ने उहाँले बताउनु भयो ।  

कृषि अनुसन्धान निर्देशनालय दशरथपुर सुर्खेतका निर्देशक देवनिधि तिवारीले कर्णाली प्रदेश कृषिमा सम्भावना बोकेको प्रदेश भएको बताउनु भयो । कृषिजन्य वस्तुमा पनि अदुवा र हलेदोको धेरै सम्भावना रहेको उहाँको भनाई छ । सरोकारवाला निकाय र साझेदार सँगै बसेर कार्य योजना निमार्ण गर्दा उक्त कार्यक्रम बढी प्रभावकारी हुने उहाँले बताउनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top