होमपेज / समाज
कात्तिक ३०,सल्यान
सल्यान प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राय गरेको छ । जिल्लाको शारदा नगरपालिका १ भगवती खोलाका २१ वर्षीय अर्जुन बुढाथोकीलाई १ ग्राम ४३० लिमिग्राम ब्राउन सुगर सहित आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुढाथोकीले आफ्नै घरमा लुकाइ छिपाई राखेको भन्ने जानकारीका आधारमा खानतलासी गर्दा सुत्ने कोठाबाट प्लास्टिक सहित १ ग्राम ४३० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर केसीले जानकारी दिनु भयो । पक्राउ परेका बुढाथोकीलाई हिरासतमा राखी अनुसन्धान अघि बढाएको उहाँको भनाई छ ।





.jpg)