ट्रेण्डिङ

होमपेज / समाज

कुमाख मेलाको फोहोर व्यवस्थापन

  सल्यान खबर डेस्क २०८२ कार्तिक १५ गते शनिबार २०:३३:४० मा प्रकाशित

सल्यान जिल्लाको धार्मिक तथा पर्यटकीय गन्तव्य कुमाख लेक क्षेत्रमा कोजाग्रत पूर्णिमाको अवसरमा लागेको मेलापछि संकलित फोहोर अहिले व्यवस्थापन गरिएको छ । शनिबार कुमाख गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, मेला व्यवस्थापन समिति, स्थानीय युवा समूह, र अस्थायी प्रहरी चौकी चौरपानीका सुरक्षाकर्मीहरूको संयुक्त पहलमा मेलास्थल वरिपरि सरसफाइ गरिएको हो।

गत असोजमा २० र २१  गते लागेको मेलामा हजारौँ भक्तजन र पर्यटकहरू भेला भएका थिए। तर मेलापछि सो क्षेत्रमा फोहोर व्यवस्थापन नहुँदा प्लास्टिक जन्य पदार्थ र अन्य फोहर जमेर वातावरणीय समस्या देखिएको थियो। आज गरिएको अभियानले ती फोहोरहरू संकलन गरी उचित स्थानमा व्यवस्थापन गरिएको छ। कुमाख गाउँपालिकाका वन वातावरण तथा विपत व्यवस्थापन शाखा प्रमुख जीवन शर्माका अनुसार मेलापछि फोहोर व्यवस्थापनमा ढिलाइ भए पनि अबदेखि मेलापछि तुरुन्त सरसफाइ अभियान सञ्चालन गर्ने योजना तयार गरिएको बताउनु भयो। उहाँका अनुसार  “कुमाख लेक धार्मिक सम्पदा मात्र नभएर पर्यटकीय आकर्षण पनि भएकाले यसलाई सफा र व्यवस्थित राख्न सबैको जिम्मेवारी भएको बताउनु भयो । स्थानीय युवाहरूले समेत मेलापछि गरिएको सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाएका छन्। उनीहरूले हरेक वर्षको मेला सकेपछि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

कुमाख लेक क्षेत्र धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको संगम स्थल मानिन्छ। स्थानीय तहको सक्रियता र जनसहभागितासँगै यस क्षेत्रलाई स्वच्छ, आकर्षक र दिगो पर्यटनस्थलका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top