होमपेज / समाज
कात्तिक १२,सल्यान
सल्यानमा बहुलाहा कुकुरको टोकाइबाट ६ जना घाइते भएका छन । जिल्लाको शारदा नगरपालिका–१० पैयाखर्कमा बुधबार बिहान बहुलाहा कुकुरको टोकाइबाट ६ जना घाइते भएका हुन । फरक–फरक ठाउँमा गएर कुकुरले मानिसलाई आक्रमण गरेर घाइते गराएको स्थानीयहरूको भनाई छ ।
घाइते हुनेहरूमा ५४ वर्षीय तुलाराम चलाउने, २५ वर्षीया पार्वती चलाउने, २० वर्षीय नवीन बुढाथोकी, १९( वर्षय धमन बुढाथोकी, १५ वर्षीया सर्मिला बोहरा र ७ वर्षीय श्रीस बोहरा रहेका छन् । उनीहरू सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
शारदा नगरपालिका–११ का वडा अध्यक्ष कृष्ण बहादुर बोहराका अनुसार सोही गाउँमा उक्त कुकुरले १२ वटा कुकुर र ८ वटा बाख्रालाई पनि टोकेको छ । मानिससहित अन्य पशुमा समेत आक्रमण भएपछि गाउँभर त्रास फैलिएको उहाँले बताउनुभयो ।
कुकुरलाई नियन्त्रणमा लिएर नगरपालिकाको पशु शाखाका डाक्टरसहितको टोली घटनास्थलमा खटिएको छ। तर रेबिजविरुद्धको भ्याक्सिनको अभावका कारण उपचारमा समस्या भएको उहाँले बताउनुभएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय र नगरपालिकामा भ्याक्सिन नहुँदा कठिनाइ भएको उहाँले बताउनुभयो ।





.jpg)