ट्रेण्डिङ

होमपेज / समाज

सल्यानबाट चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

  सल्यान खबर डेस्क २०८० आश्विन २१ गते आइतबार १७:१०:४९ मा प्रकाशित

असोज २१,सल्यान 
सल्यानबाट चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । चेक अनादर गर्ने सुरज बोहरालाई आइतबार सल्यान शारदा नगरपालिका १ श्रीनगर स्थित बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

बाँके जिल्ला अदालत नेपालगञ्जले २०८० असार १५ गते बोहरालाई एक वर्ष कैद आदेश दिएको थियो । उनी त्यसयता फरार रहदै आइरहेका थिए । 

 फैसला कार्यन्वयनका लागि अदालतले पत्र पठाएपछि खोजी गर्ने क्रममा आइतबार उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top