ट्रेण्डिङ

होमपेज / समाज

आर्थिक अभावमा भारतको अस्पतालमा छटपटाउँदै सल्यानका बुढा मगर

  सल्यान खबर डेस्क २०८० असार ३ गते आइतबार १६:४१:१० मा प्रकाशित

असार ३,सल्यान 

सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ३ बाझकोटका ४३ वर्षीय विनोद बुढामगर आर्थिक अभावमा हस्पिटलमा छट्पटीरहेका छन् । २०८० साल जेष्ठ १४ गते घरमा काम गर्दा गर्दै प्रेसरले  गर्दा बेहोस भएका बुढामगरको नेपालमा उपचार हुन नसक्दा अहिले भारतको लखनउ स्थित रेलेक्स रिल्याक्स हस्पिटलमा उपचार गराइरहेको उनको श्रीमती ममता बुढामगरले बताउनु भयो ।

उपचार गरिरहेको क्रमिक रुपमा केही सुधार आए पनि पुन सुधार हुन ६ महिना लाग्ने डाक्टरहरूले बताउने गरेको उहाँको भनाइ रहेको छ । अहिले पनि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको र होसमा आउन नसकेको समेत उहाँको भनाई छ। 

श्रीमती बुढामगरले भन्नु भयो आधा महिनामा नै उपचारमा १५ लाख रुपैयाँ खर्च भइसकेको छ । सबै आफ्नासँग सहयोग मागेर उपचार गरियो अब कतै माग्ने ठाउँ छैन । गहभरी आशु निकाल्दै उहाँले भन्नु भयो छोराछोरी साना छन् तिनीहरूलाई लेखाउने पढाउने कि श्रीमानको उपचार गर्ने  समस्या छ । घरपरिवारमा कमाउने कोही नहुँदा बेरोजगारीले गर्दा पैसा आउने कुनै स्रोत नहुँदा दैनिक उपचारमा अहिले समस्या भई रहेको समेत  बुढाको भनाई छ । दैनिक ४५र५० हजार लाग्ने अहिले जुटाउन समस्या भएको समेत उहाँले बताउनु भयो । सहयोगी दाताहरूले  छोरा कमलेश बुढाको एभरेस्ट बैङ्क खाता नम्बर ०२९००५२५२००७४३ पैसा सहयोग गरिदिन हुन समेत अनुरोध गर्नु भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

Top