ट्रेण्डिङ

होमपेज / समाज

सल्लेरी सामुदायिक वनको साधारणसभा सम्पन्न 

  इन्द्र बुढाथोकी २०७८ मंसिर १९ गते आइतबार १५:१८:२७ मा प्रकाशित

१९ मङ्सिर  इन्द्र बुढाथोकी 
सल्लेरी सामुदायिक वन उपभोक्ता समुह बनगाड कुपिण्डे नगरपालिका ४ डोप्के सल्यानले सनिवार साधारणसभा सम्पन्न गरेको छ ।                                                               साधारणसभामा वार्षिक कार्यक्रम समेत प्रस्तुत गरिएको छ । जस अन्तर्गत वन व्यवस्थापन, सिपमुलक तालीम  अग्नि नियन्त्रण, दैविक प्रकोप विपत व्यवस्थापन, घुम्ती कोष वितरण, वृक्षारोपण लगाएतको बार्षिक कार्यक्रम उक्त सभाले पारित गरेको छ । खानेपानी ट्याङ्की, च्याउखेती उनी बुनाइ रिचार्ज पोखरी लगाएत सामुदायिक वनले काम गर्ने समेत निर्णय गरेको छ भने उक्त सभाले वृक्षारोपण, अदुवा, बेसार खेती लगाएत विभिन्न सिपमुलक कार्यक्रम सामुदायिक वन सरक्षण सम्ब्रधन गर्नको लागि विभिन्न संघ सस्थाहरु सङ्ग माग गर्ने निर्णय समेत गरेको छ । साधारण सभामा बोल्दै प्रमुख अतिथि  डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश कुमार गिरिले सामुदायिक वन सबैको सम्पत्ति भएको र यसलाई सरक्षण गर्नु पर्ने बताउनु भएको छ ।  डिभिजन वन कार्यालयको तर्फबाट आफुले सक्दो सहयोग समेत गर्ने बताउनु भएको छ ।                                                 जिल्ला आयोजना समन्वय एकाइ आशा सयोजक चुडामणि खतिवडाले वन सरक्षणको तथा वृक्षारोपणको लागि आफ्नो सस्थाले सहयोग गर्दै आएको आझै थप गर्ने समेत बताउनु भएको छ । EbA जिल्ला आयोजना सयोजक दिगम्वर दाहालले आफ्नो सस्थाले हैसियत बिगरेको वनलाई वृक्षारोपण गरेर सुधार गर्ने र सल्लेरी सामुदायिक वन सरक्षणमा गर्नमा सहयोग गर्ने समेत बताउनु भएको छ साथै उहाले जिल्ला यसरी वन क्षेत्रमा काम गरिरहेको समेत बताउनु भएको छ । वडा सदस्य तथा कार्यपालिका सदस्य शुसिला विक, पुर्व गाविस अध्यक्ष बल बहादुर बुढा, पुर्व सामुदायिक वनका अध्यक्ष डिल्ली बहादुर विक, झलक बहादुर बुढा र आशा टोपेन्द्र गिरि लगाएतले वन सरक्षण सम्बन्धि आफ्ना भनाइ राख्नु भएको थियो । सल्लेरी सामुदायिक वन उपभोक्ता समूहले प्रत्येक वर्ष विभिन्न सिपमुलक तालीम सिकाउनुको साथै सामुदायिक वन गोडमेल, पोखरी, निर्माण, सिलाइकटाइ तालीम, मुढा बुनाइ लगाएत अन्य कामहरु सधै गर्दै आइरहेको छ ।                           
उक्त साधारणसभामा पुर्व अध्यक्षहरु डिल्ली बहादुर विक र झलक बहादुर बुढा तथा बन हेरालु कलिभान बुढा र धन सिंह बुढा प्रमाणपत्र तथा दोसोल्लाले सम्मान समेत गरिएको थियो । 
कार्यक्रम अध्यक्ष सामुदायिक वनका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले गर्नु भएको थियो भने संचालक सचीव चन्द्रकला विक तथा स्वागत मन्तव्य उपाध्यक्ष अनिता बुढाथोकीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top