ट्रेण्डिङ

होमपेज / समाज

बनगाडकाे न्यायिक समितिमा ६१ मुद्दा,३३ फच्यौट

  इन्द्र बुढाथोकी २०७७ माघ २७ गते मंगलबार १८:२१:१५ मा प्रकाशित

इन्द्र बुढाथोकी माघ २७ सल्यान 
चालु आर्थिक वर्ष २०७७/०७८ को छ महिनाको बिचमा सल्यान बनगाड कुपिण्डे नगरपालिकाको न्यायिक समितिमा ६१ मुद्दा परेका छन् । चालु आ.व.को साउन देखि पुस मसान्तसम्म ६१ मुद्दा न्यायिक समितिमा परेको नगरपालिकाले जनाएको छ । 

समितिमा परेका ६१ मुद्दा मध्ये ३३ मुद्दा मेलमिलापको माध्यमबाट फच्यौट गरिएको न्यायिक समिति संयोजक तथा उप प्रमुख मन्जु यरिले बताइन । जस मध्ये ३३ मेलमिलाप भएको ३ वटा अदालत प्रक्रिया जान सुझाव दिएको,  १० वटा मेलमिलापमा छलफल गर्दा सहमति हुना नसकेको र १४ वटा मुद्दा प्रक्रियामा रहेको उनको भनाई छ । १४ वटा छिटै छलफल हुने बताएको छ । 

न्यायीक समिति हेर्न कर्मचारी कोरोना संक्रमित भएको कारण केही काम ढिलाइ भएको र अब यसलाई छिटै टुंगोमा पुर्‍याइने उनले बताइन ।   पछिल्लो समय न्यायिक समितिमाथि नागरिकको विश्वास बढेको सयोजक यरिको भनाई छ । 

न्यायिक समितिले घरेका मुद्दाको फच्यौटले सेवाग्राही सन्तुष्ट हुन थालेपछि न्यायिक समितिमा मुद्दा आउने संख्यामा वृद्धि भएको समेत बताइन । मुद्दालाई राजनीतिक हिसाबले हेर्ने भन्दा पनि न्याय अन्यायलाई प्राथमिकता दिदाँ समितिमा मुद्दा आउने क्रम  बढेको उनको भनाई छ । 

न्यायिक समितिमा बढी मात्रामा लिनुदिनुका, गाली बेइज्यती, खानेपानी, आलि धुर विवाद, सिमा विवाद, घरेलु हिंसा लगायतमा मुद्दा आउने गरेका छन् । लिनुदिनुका अलि बढी मुद्दा  आउने गरेको आफ्नो आधिकार भित्र नभएको भए पनि केही छलफल मिलापत्र गरे पठाउने गरेको र छलफल बाट मिलापत्र हुन नसकेकोलाइ  सम्झाइ बुझाइ गरेर पठाउने गरेको बताउनु भएको छ । 

 न्यायिक समितिको क्षेत्राधिकार भित्र रहेका मुद्दालाई हेर्ने गरेको बताउँदै यरिले क्षेत्राधिकार बाहिर आएका मुद्दालाई सम्बन्धीत निकायमा जान सहजीकरण गर्दै आइरहेको बताइन ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top