ट्रेण्डिङ

होमपेज / समाज

५ वर्ष मुनिका बालबालिकाले बालपोषण भत्ता पाउने भएपछि बनगाड कुपिण्डे नगरपालिकामा तथ्यांक संकलन शुरु

  इन्द्र बुढाथोकी २०७७ माघ २५ गते आइतबार १७:४३:०८ मा प्रकाशित

इन्द्र बुढाथोकी माघ २५,सल्यान 

पाँच वर्ष मुनीका बालबालिकाले बालपोषण भत्ता पाउने भएपछि जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले तथ्यांक संकलन कार्य सुरु गरेको छ ।

नेपाल सरकारको गत पुस १० गतेको सुचना नुसार पाँच वर्ष मुनिका सबै बालबालिकालार्इ पोषण भत्ता उपलब्ध गराउने निर्णय पछि नगरपालिकाले वडा वडामा तथ्याँक संकलनको कार्य शुरु गरेको हो ।
नगरपालिकाले एक सूचना प्रकाशित गर्दै माघ ३० गते सम्म सबै वडामा तथ्यांक संकलन कार्य गर्न अनुरोध गरिएको छ । 

आफ्नो वडा भित्रका अभिभावकहरुलार्इ बालबालिकाको जन्मदर्ताको फोटोकोपी एकप्रति, बच्चाको फोटो दुइ प्रति र आमा र बुबाको नागरिकताको फोटोकपि एक एक प्रती सहित निबेदन दिन सकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर रावतले जानकारी दिए । साथै दुई सन्तान भएकोले मात्र उक्त भत्ता पाउने उनको भनाई छ  ।
यस्तै बालबालीकाको ब्यक्तिगत बिवरण एमआइएस प्रणालीबाट प्रविष्टि गर्नुपर्ने भएकोले १५ दिन भित्र वाडा कार्यलयमा निवेदन दिनु पर्ने भएकाले सम्बन्धित सबैलाइ समयमै निवेदन दिन उनले आग्रह गरेका छन्  ।

यस अघि दलित समुदायका ५ वर्ष मुनिका बालबालिकालाई दिँदै आएबो  अब सबै जातजातिका बालबालिकाले बालपोषण भत्ता सरकारले ५ वर्ष मुनिका सबैले पाउने निर्णय गरेको छ । भत्ता बापत प्रति महिना बालपोषणका लागि अभिभावकले ४ सय रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top