ट्रेण्डिङ

होमपेज / समाज

झन्डै एक साता पछि खुल्यो कपुरकोट बजार

  सल्यान खबर २०७७ भाद्र २२ गते सोमबार १८:३८:२९ मा प्रकाशित

भदौ २२, सल्यान 
महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि गत बुधबारदेखि सिल गरिएको कपुरकोट सोमबारदेखि खुलेको छ । 

उनको सम्पर्कमा रहेका ११५ जनाको स्वाब संकलन गरी नेपालगञ्जमा पिसिआर परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएपछि पाँच दिनपछि गाउँपालिका, कपुरकोट बजार र तीन न वडा कार्यालय खुलेका छन् ।

 स्वास्थ्यकर्मीमा गत मंगलबार कोरोना पुष्टि भएको थियो । उनको किमचौर स्थित नेपाल राष्टिय माध्यमिक विद्यालयको आइसोलेसनमा उपचार भइरहेको छ । 
गाउँपालिकाको बैठ्कले बजार खुला गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले जानकारी दिए । थप संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको उनको भनाई छ । 

यस्तै सिलका कारण रोकिएको हाट बजार पनि नियमित रुपमा सञ्चालनमा आएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top