ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका युवालाई रोजगार बनाउदै मुख्यमन्त्री रोजगार कार्यक्रम

  सल्यान खबर डेस्क २०७७ असार ६ गते शनिबार १४:१८:५२ मा प्रकाशित

असार ६, सल्यान 
सल्यानका युवाहरु मुख्यमन्त्री रोजगार कार्यक्रमबाट रोजगार बन्दै जान थालेका छन् । कोभिड १९ का कारण बेरोजगार बनेका युवाहरु मुख्यमन्त्री कार्यक्रम सञ्चालन भएसँगै रोजगार बनेका हुन । 

स्थानीय तशको समन्वयमा सञ्चालित यस कार्यक्रमले बेरोजगार र कोरोनाका कारण थप मारमा परेकालाई रोजगारी सिर्जना गरेको छ । कार्यक्रमले कोरोनाले रोजगार गुमेकालाई राहत मिलेको बागचौर नगरपालिका ३ पुतलीबासका उज्वल शर्माले बताए । उनले भने लामो समयमो बन्दाबन्दीका कारण रोजगारी गुमेका हामी जस्ता युवाहरुका लागि मुख्यमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी भएको छ । 

 रारेचौर, खाली पिपलबोट, पुतलीबास हुदै कुमाख जोड्ने सकड मर्मतमा झन्डै तीन सय युवायुवतीहरुले प्रत्यक्ष रोजगारी पाएको बागचौर नगरपाकिला ३ का वडाध्यक्ष टिकाराम केसीले बताए । कोरोना भाइरसले समस्यामा परेका र बेरोजगार युवाहरुलाई उत्पादन मुलक कार्यमा लगाउन निकै फलदायी भएको उनको भनाई । २० लाखको लागतमा रारेचौर देखि कुमाख जोड्ने सडक मर्मत गरिने अध्यक्ष केसीले बताए । 

कर्णाली प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत सल्यानमा  ६  करोड  २६ लाख ७५ हजार ८ सय २६ रुपैया रहेको छ । सामाजिक विकास कार्यालय सल्यानका अनुसार 
शारदा नगरपालिकामा रु ६४ लाख, बागचौर नगरपालिकामा रु ६४ लाख र बन्गाड कुपिण्डे नगरपालिकामा रु ६४ लाख प्राप्त भएको छ ।

यस्तै दार्मा गाउपालिकामा रु। ६४ लाख, कालीमाटी गाउपालिकामा रु ६४ लाख, कुमाख गाउपालिकामा रु ६४ लाख, छत्रेश्वरी गाउपालिकामा रु ६३ लाख ९४ हजार १ सय ३८, कपुरकोट गाउपालिकामा रु ६० लाख ८६ हजार ७ सय ६१, सिद्ध कुमाख गाउपालिकामा रु ६० लाख ७२ हजार ५ सय ९३ र त्रिबेणी गाउपालिकामा रु ५७ लाख २२ हजार ३ सय ३४ प्राप्त भएको छ ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top