होमपेज / समाज
जेठ १९, सल्यान
बाँकेको राप्ती सोनारीको अगैयामा फोर्स गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्तिसोनारी २ मा दुर्घटना भएको हो । गाडी ठुरिया जंगलमा रोकिराखेको वा ४ ख ९०६४ नम्वरको ट्रकमा ठोक्किएको थियो । गाडिमा ३३ जना सवार थिए । दुर्घटनामा मृत्तकको सनाखत हुन सकेको छैन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले अवको केहि वेरमा मृतकको सनाखत हुने जानकारी दिए । रातिको समय भएकोले उद्दारमा प्राथमिकता दिएको उनको भनाई छ ।मृत्तकहरू दाङ र सल्यानमा हुन सक्ने अनुमान गरिएको छ।





.jpg)