होमपेज / समाज
ठ १८, सल्यान
सल्यानमा कोरोना संक्रमित मध्य १३ जनालाई सुर्खेत पठाइएको छ । वाँकी १२ जनालाई सल्यान जिल्ला अस्पतालमा निमार्ण गरिएको आइसोलेसनमा राखिएको छ ।
शनिबार एकै नगरपालिकाका २५ जनामा पीसिआर रिर्पोट पोजेटिभ आएको थियो । सल्यानमा २४ शश्याको आइसोलेसन भएपनि स्वाथ्यकर्मी र स्रोत साधनको कमीले १५ शश्या भन्दा बढी थेग्न नसक्ने भएपछि १३ जनालाई सुर्खेत पठाइएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।
पछिल्लो समयमा भारतबाट जिल्ला भित्रिनेको क्रम रोकिएको छैन । सिमा नाका र प्रदेश तथा जिल्ला नाकाहरुमा भित्रिएका नागरिकहरुको कोरोना परीक्षण हुन नसक्दा जोखिम झनै बढेको छ । एउटै क्वारेनटाइनमा सय दुई जना राखिदा संक्रमणको जोखिम झनै बढेको छ ।





.jpg)