ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेशले प्रदेशका नाकाहरुमा क्वारेनटाइन निमार्ण गर्ने

  सल्यान खबर डेस्क २०७७ बैशाख ३० गते मंगलबार ०८:४४:५८ मा प्रकाशित

वैशााख ३०, सल्यान 
कर्णाली प्रदेश सरकारले प्रदेशका नाकाहरुमा क्वारेनटाइन निमार्ण गर्ने भएको छ । भारत र नेपालका विभिन्न स्थानबाट प्रदेशको सिमामा आएर अलपत्र परेका नागरिकहरुलाई राख्न नाकामा क्वारेनटाइन निमार्ण गर्ने भएको हो । 


कर्णाली प्रदेश कोराना, नियन्त्रण,रोकथाम उच्च स्तरिय समितिको सोमबार बसेको वैठकले भारत लगायत स्थानबाट घर आउने सम्भावनालाई ध्यानमा राखेर पालिकामा पठाई अनिवार्य क्वारेनटाइनमा राख्ने निर्णय गरेको छ । वैठ्कले प्रदेश सिमा निकाहरुबाट सवारी आवतजावतमा कडाई यथावत राख्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । 


महत्वपूर्ण र रोजगारमुलक निमार्णका लागि आवश्यक सामाग्री (पाइप, छड, सिमेन्ट, र निमार्ण उपकरणहरु दुवानी र ओसारपसार, गर्न पाउने, सुरक्षा सतर्कता अपनाउदै परियोजनाहरुमा काम गर्ने जनशक्ति आवतजावतको व्यवस्था गर्ने, चामल , नुन, तेल, चिनि, जस्ता अत्वायश्यक खाद्य सामाग्री आयत गर्ने निर्णय गरेको मन्त्री ज्वालाको भनाई छ । यस्तै ग्याँस र डिजेल, पेट्रोल र औद्योगिक उत्पादनका लागि आवश्यक सामाग्री ल्याउने व्यवस्था गरेको छ । 


कृषि र पशुपालनको लागि कृषि सामाग्रीहरु ( बिउ, विजन, बेर्ना, माछाका भूरा, मल, दाना र अत्यावश्यक कृषि उपकरण ओसारपसार गर्न पाउने, सुरक्षा, सतर्कता र भौतिक दुरी कायम गरी स्थानीय तहको समन्वयमा कृषकलाई बाली स्याहार्न र खेतीपाती गर्न सहजीकरण गर्ने निर्णय गरेको ज्वालाले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top