ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जन्ति बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ घाइते 

  सल्यान खबर डेस्क २०८३ बैशाख ५ गते शनिबार २२:३२:०८ मा प्रकाशित

 वैशाख ५,सल्यान 
सल्यान बनगाड कुपिण्डे नगरपालिका १० पुछालामा जन्ती सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । 
बनगाड कुपिण्डे नगरपालिका ८ थाराबाट कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर जाँदै गरेको लु.प्र ०१००१ ज ०२७१ नम्बरको जिप शोही नगरपालिका १० पुछालामा दुर्घटना भएको हो । 

दुर्घटनामा परी बनगाड कुपिण्डे नगरपालिका ८ का ५० वर्षीय टोप बहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्ण बहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गम्भीर घाइते तीनै जनालाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउदा डाक्टरले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो । 

दुर्घटनामा परी एउटै गाउँका ३० वर्षीय मन बहादुर थापा, ६४ वर्षीय अम्मर सिहं कंवर, २७ वर्षीय डम्मर घर्ती, ३० वर्षीय जनक थपा, ४९ वर्षीय भुपेन्द्र कंवर, ३० वर्षीय भुल बहादुर थापा, ५६ वर्षीय जुग सिहं पुन घाइते भएका छन् । 

यस्तै ३८ वर्षीय अम्मर पुन, २८ वर्षीय नरसिहं थापा, २५ वर्षीय प्रेम बहादुर घर्ती, २५ वर्षीय नर बहादुर थापा, ३८ वर्षीय कर्ण बहादुर थापा, ४५ वर्षीय लाल बहादुर घर्ती, १५ वर्षीय तिलक थापा र ३८ वर्षीय गाडी चालक कुल बहादुर राना घाइते भएको भट्टराईको भनाई छ । घाइतेहरु सबैलाई मेहलकुना अस्पताल पठाइएको प्रहरीको भनाई छ । जिप अनियन्त्रित हुँदा सडकबाट करिब ५० मिटर तल खसेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top