ट्रेण्डिङ

होमपेज / समाज

अवरुद्ध राप्ती राजमार्ग झन्डै १० घण्टा पछि खुल्यो

  सल्यान खबर डेस्क २०८२ श्रावण १४ गते बुधबार ०८:५९:०८ मा प्रकाशित

साउन १४,सल्यान 
वर्षासँगै पहिरो झर्दा राप्ती राजमार्ग  झनडै १० घण्टा पछि सुचारु भएको छ । राप्ती राजमार्ग अन्र्तगत सल्यान बागचौर नगरपालिका २ खरिबोट नजिकै सडक माथिबाट ठूलो पहिरो झर्दा सडक अवरुद्ध भएको थियो ।  

गएराती करिब साढे ९ बजेतिर सडक माथिबाट पहिरो आउदा  पूर्ण रुपमा बन्द सडक बुधबार विहान ८ बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनु भयो । 

रातको समयमा पहिरो हटाउन समस्या हुनुका साथै जोखिम पनि हुने भएकाले बिहानबाट मात्र पहिरो हटाउने काम सुरु भएको उहाँको भनाई छ ।
सडक अवरुद्ध हुँदा साना सवारीका साधन वैकल्पिक बाटोबाट गन्तव्य तर्फ लागेको भएता पनि ठूला सवारीका साधन भने बाटोमा नै रोकिएका थिए । सडक पूर्ण रुपमा सञ्चालनसँगै ठूला सवारीका साधन पनि आ आफ्नो गन्तव्य तर्फ प्रस्थान गरि रहेको प्रहरीको भनार्इं छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top