ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जिप दुर्घटना हुँदा ५ घाइते

  सल्यान खबर डेस्क २०८१ श्रावण ३२ गते शुक्रबार १८:५२:५१ मा प्रकाशित

साउन ३२,सल्यान 
सल्यानमा डबल क्याप जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । दाङ्ग तुलसीपुरबाट सल्यान त्रिवेणी गाउँपालिका  ५सिम्क जाँदै गरेको लु १ ज १३९४ नम्बरको जिप त्रिवेणी गाउँपालिका ५ बाहुनेमुलमा दुर्घटना भएको हो । 

दुर्घटनामा परी त्रिवेणी गाउँपालिका ६ पोखरीकी  ३३ वर्षीया लालमती बुढाथोकी, वडा न ५ सिम्ककी  २७ वर्षया पूर्णिमा पुन, शोही ठाउँका ११ वर्षीय गणेश पुन, दाङ्ग तुलसीपुर उपमहानगरपालिका ३ की २८ वर्षीया तेज कुमारी वली र रुकुम पूर्व सिस्ने गाउँपालिका ३ का ६९ वर्षीया कर्मी कामी  रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । घाइतेहरुको लुहाम स्थित प्राथमिक उपचार भइरहेको उहाँको भनाई छ । 
जिप अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेको र जिप चालक फरार रहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top