ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा परिवार त्यागेर बेपत्ता, भेटिँदा विवाह

  सल्यान खबर डेस्क २०७७ माघ २८ गते बुधबार १३:४९:३८ मा प्रकाशित

सल्यान : सल्यानबाट हराएका भनिएका अधिकांश महिलाहरू  विवाह गरी बसेको अवस्थामा फेला परेका छन्‌। 

जिल्लाका प्रहरी प्रमुख गोविन्द थापाका अनुसार हराएका अधिकांश महिलाले दोस्रो विवाह गर्ने गरेको पाइएको हो। उनले भने, ‘घर-परिवारले हराएको खबर गर्छन्‌। खोजबिन गर्दै जाँदा अर्कैसँग विवाह गरेर बसेको पाइएको छ।’ 

सल्यानमा चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो ६ महिनामा ६२ महिला, पुरुष तथा बालबालिका हराएका छन्। हराएकामध्ये अझै २० जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

जिल्लामा हराएकामध्ये अधिकांश महिला छन्। कार्यालयका अनुसार साउनदेखि माघ २० गतेसम्म ३३ महिला हराएका छन्, जसमध्ये २४ सम्पर्कमा आएका छन् भने ९ महिला अझै फेला परेका छैनन्‌।

​यस्तै, १७ पुरुष हराएकोमा १० फेला परेका छन् भने ७ सम्पर्कविहीन रहेका प्रहरी प्रमुख थापाले बताए। परिवारले हराएको जानकारी दिने, तर सम्पर्कमा आएपछि फेला परेको जानकारी नदिँदा समस्या परेको उनको भनाई छ। ७ बालिक हराएकोमा ५ सम्पर्कमा आएका छन् भने २ सम्पर्क बिहिन रहेका छन । ५ बालक हराएकोमा ३ फेला परेका छन् भने २ सम्पर्क बिहिन रहेको प्रमुख थापाको भनाई छ । 

परिवारले फेला परेको जानकारी नदिएपछि प्रहरी आफैले घरपरिवारसँग नियमित सम्पर्क गर्ने गरेको थापाले बताए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top