ट्रेण्डिङ

होमपेज / समाज

बालपोषण भत्ताले सल्यानमा नागरिकता लिने बढे

  सल्यान खबर डेस्क २०७७ माघ २० गते मंगलबार १६:३८:३२ मा प्रकाशित

माघ २०,सल्यान 
सरकारले ५ वर्षमुनिका बालबालिकालाई बालेपोषण भत्ता दिने भएपछि सल्यानमा नागरिकता लिनेको संख्यामा वृद्धि आएको छ । भत्ताका लागि बालबालिकाको आमाबुवा वा संरक्षकको नागरिकता अनिवार्य गरेपछि जिल्लामा नागरिकता बनाउनेको सख्ंयामा वृद्धि आएको हो । 

दलित समुदायका ५ वर्ष मुनिका बालबालिकालाई दिँदै आएबो बालपोषण भत्ता सरकारले ५ वर्ष मुनिका सबैले पाउने निर्णय गरेको छ । भत्ता बापत प्रति महिना बालपोषणका लागि ४ सय रुपैयाँ पाउने गर्दछन् । सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय थारमारेमा नागरिकता लिनेको सख्यामा वृद्धि आएको जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए ।


सरकारले बालपोषण भत्ता दिने र त्यसका लागि आमा बुवाको नागरिकता अनिवार्य गरेपछि नागरिकता बनाउनेको संख्या बढेको उनको भनाई छ । उनले भने ‘बालपोषण भत्ताका लागि पालिकाको वडा कार्यालयमा बालबालिकाको जन्मदर्ता, आमा बुवाको नागरिकता अनिवार्य गरेपनि केहि दिन यता नागरिकता प्रमाण पत्र लिनेको संख्या बढि रहेको छ ।’ 
हाल जिल्ला प्रशासन कार्यालयबाट मात्र दैनिक ५० देखि ६० जनाले नागरिकता लिने गरेको खड्काको भनाई छ । विगतमा कोरोनाको असर देखि लिएर अन्य कारण खासै सेवाग्राही आउदन्थ्ये तर आजभोली भत्ताको लागि साना बालबालिका बोकेर नागरिकता लिन आउनेको संख्या देखिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताए । 

बच्चाको भत्ताका लागि नागरिकता बनाउन आएको कालिमाटी गाउँपालिका २ कोछट्टेका झुप बहादुर पुन मगरले बताए । बच्चा काखमा च्यापेर आएकी झुप बहादुरकी श्रीमती रमिता पुनले छोरीले भत्ता पाउने भएपछि नागरिकता बनाउन आएको बताइन । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top